+
+
Shares

बाढीले रसुवा र नुवाकोटका ८ विद्यालयमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशीको अप्रत्यासित बाढीले रसुवा र नुवाकोटका ८ विद्यालयमा क्षति पुर्‍याएको छ, जसमध्ये ७ वटा रसुवामा छन् ।
  • गोसाईकुण्ड गाउँपालिका टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयको भवन ठूलो क्षति भएको छ भने उत्तरगया विद्यालयका विद्यार्थी भागेर ज्यान बचाएका छन् ।
  • नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा हिलो, लेदो र बाढीजन्य सामग्री भरिएको छ ।

११ भदौ, काठमाडौं । अप्रत्यासित रूपमा भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका ८ विद्यालयमा क्षति पुगेको छ । ती मध्ये ७ वटा विद्यालय रसुवाका छन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका विद्यालयमा सर्वाधिक क्षति पुगेको छ । गोसाईकुण्डा गाउँपालिका टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयको भवन ठूलो क्षति भएको छ । रसुवाकै उत्तरगया गाउँपालिकाममा रहेको उत्तरगया विद्यालयमा क्षति पुगेको छ भने विद्यार्थीहरूले भागेर ज्यान बचाएका छन् ।

नुवाकोटको विदुर नगरपालिका–५ को त्रिभुवन त्रिशूल माध्यमिक विद्यालय भौतिक रूपमा व्यापक क्षति भएको छ । यो विद्यालयमा हिलो र लेदो पस्नुका साथै बाढीले बगाएर ल्याएका बाढीजन्य सामग्रीले विद्यालय परिसर भरिएको छ ।

रसुवाको टिमुरेमा रहेका तीन बोडिङ स्कुल र दुई सामुदायिक विद्यालयमा क्षति पुगेको छ । ती विद्यालयको नाम भने खुल्न बाँकी छ । प्रारम्भिक विवरण अनुसार ती चार विद्यालयलाई बाढीले बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?