News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढी पहिरोपछि सम्पर्कविहीन भएकाहरूको विवरण उपलब्ध गराउन मोरङ र सुनसरी प्रशासनले आग्रह गरेका छन्।
- बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेका व्यक्ति सम्पर्कविहीन हुन सक्ने भन्दै मोरङ प्रशासनले नामथर, वतन र सम्पर्क नम्बर मागेको छ।
- सुनसरी प्रशासनले पनि जिल्लाका कोही सम्पर्कविहीन भए जानकारी गराउन अनुरोध गरेको छ।
११ साउन, विराटनगर । रसुवाको भाेटेकाेशी हुँदै त्रिशूली र नारायणी नदीमा आएकाे बाढी पहिराेका कारण सम्पर्कविहीन भएकाहरूकाे विवरण उपलब्ध गराउन माेरङ र सुनसरी प्रशासन अनुराेध गरेका छन् ।
कामको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेकाहरू सम्पर्कविहीन भएको हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय माेरङ र सुनसरीले काेही सम्पर्कविहीन भएको भए विवरण उपलब्ध गराउन आग्रह गरेका हुन् ।
माेरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बिहीबार एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा गएका व्यक्तिहरू सम्पर्कविहीन भएको भए उनीहरूको नामथर, वतन र सम्पर्क नम्बर उपलब्ध गराउन सम्बन्धित परिवार तथा सरोकारवालालाई अनुरोध गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निराैलाले पनि सुनसरीका काेही सम्पर्क बिहीन भएकाे भए जानकारी गराउन आग्रह गरेका छन् ।
प्रतिक्रिया 4