News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाका नेता विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेका छन्।
- तिब्बततर्फबाट आएको बाढीले रसुवा, धादिङ, नुवाकोट र गोरखामा मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै पाण्डेले दुःख व्यक्त गरेका छन्।
- पाण्डेले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।
११ भदौ, काठमाडौं । राप्रपाका नेता तथा कालिका कन्स्ट्रक्सन प्रालिका अध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका छन्। रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोग आह्वान गरेको थियो।
सोहीअनुसार उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ प्रदान गरेका हुन्।
पूर्वमन्त्रीसमेत रहेका पाण्डेले बुधबार तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखासहितका जिल्लामा भएको अकल्पनीय मानीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
मुलुकको इतिहासमै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
प्रतिक्रिया 4