+
+
Shares

रसुवा बाढीको क्षतिप्रति बेलायतका राजाको दु:ख व्यक्त, भने– सहयोगका लागि तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजा चार्ल्स तृतीयले गहिरो दु:ख व्यक्त गरेका छन् ।
  • राजा चार्ल्सले आफ्नी पत्नीसमेतको तर्फबाट प्रभावित परिवारप्रति समवेदना जनाउँदै ज्यान गुमाएका तथा खबरको प्रतीक्षामा रहेका परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् ।
  • उनले बाढी तथा उद्धारमा ज्यान गुमाएका नेपाल प्रहरी र सशस्त्र सुरक्षाकर्मीका परिवारप्रति पनि समवेदना जनाउँदै बेलायत सहयोग गर्न तयार रहेको बताएका छन् ।

११ भदौ, काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजा चार्ल्स तृतीयले गहिरो दु:ख व्यक्त गरेका छन् ।

राजा चार्ल्सले आफ्नी पत्नीसमेतको तर्फबाट बाढीबाट प्रभावितप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्मा ज्यान गुमाएका तथा आफन्त र साथीभाइको खबरको प्रतीक्षामा रहेका परिवारप्रति सहानुभूति जनाएका हुन्।

उनले सन्देशमार्फत नेपाल र बेलायतबीच लामो समयदेखि बलियो तथा व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को खबरले आफूहरूलाई अत्यन्त दु:खी बनाएको बताएका छन् ।

राजा चार्ल्सले बाढी तथा त्यसपछिको उद्धार कार्यमा ज्यान गुमाएका नेपाल प्रहरी र सशस्त्र सुरक्षाकर्मीका परिवारप्रति पनि समवेदना व्यक्त गरेका छन् ।

अरूको सेवामा साहसपूर्वक खटिएका सुरक्षाकर्मीप्रति उनले सम्मान व्यक्त गर्दै उद्धार तथा राहतमा निस्वार्थ रूपमा खटिएकाहरूलाई धन्यवाद दिएका छन् । ‘प्रभावित सबैप्रति हाम्रो प्रार्थना छ,’ राजा चार्ल्सले सन्देशमा भनेका छन् ।

उनले आवश्यक परेकाहरूलाई सहयोग गर्न बेलायत सदैव तयार रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?