११ भदौ, काठमाडौं । नेपाली सेनाले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसको ३५० जनाको उद्धार गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ती मानिस सुरुङभित्र फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, चुनौतीपूर्ण उद्धार कार्य गर्दै सेनाले उनीहरूलाई सफलतापूर्वक उद्धार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अझै पनि सो टनेलभित्र १०० जनाभन्दा बढी मानिस फसेको सेनाको अनुमान छ । उनीहरूलाई पनि उद्धारको काम चलिरहेको छ ।
नेपाली सेनाले बिहीबार मात्रै रसुवाका विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4