+
+
Shares

विपद्‌मा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकका लागि संकलित राहत सामग्री आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
  • चेम्बरले रेडिमेड सर्ट, चिउरा, दाल, बिस्कुट, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा र मास्कलगायत सामग्री जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई दिएको हो।
  • नेपाल चेम्बर अफ कमर्स र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालले सहकार्य गरी खानेपानी, चाउचाउ, औषधि, चामल, कपडा र अन्य राहत सामग्री पनि हस्तान्तरण गरेका छन्।

१४ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् । युथ चेम्बरद्वारा संकलित सामाग्री समेत संलग्न गराइ जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई उक्त राहत हस्तान्तरण गरिएको हो ।

चेम्बरले पठाएको राहत सामग्रीमा रेडिमेड सर्ट, चिउरा, दाल, विभिन्न प्रकारका बिस्कुट, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा तथा मास्क, टिसर्ट, दाललगायतका सामग्री रहेका छन् ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्स र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालले सहकार्य गरी बाढी प्रभावित नागरिकका लागि विभिन्न राहत सामग्री हस्तान्तरण गरेको छ । जसमा खानेपानी, चाउचाउ, बिस्कुट, टूथपेस्ट, टूथब्रस, साबुन, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा, ग्लोभ्स, लगायतका राहत सामग्री रहेका छन् ।

राहत हस्तान्तरण कार्यक्रममा चेम्बरका कार्यसमिति सदस्यहरु कृष्णमान श्रेष्ठ, रोशन भोयद्यो, रुजुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यस्तै चेम्बरले भारतबाट सोलार पावर बैंक ५०० थान मगाउने भएको छ ।

चेम्बरले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकारसँग सहकार्य गर्दै आएको जनाएको छ । बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा तथा स्वास्थ्यजन्य सामग्री उपलब्ध गराउने उद्देश्यले सदस्य तथा व्यवसायीहरूबाट राहत संकलन गरिएको र यस कार्यलाई निरन्तरता दिईने पनि चेम्बरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?