+
+
Shares

नुवाकोटको त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र उद्धार अपडेटका लागि नुवाकोटको त्रिशूली पुगेका छन्।
  • मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँग उद्धार समन्वयबारे छलफल थालेका छन्।
  • नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई सुरुङ उद्धारको पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन्, र उनी रसुवास्थित उद्धारस्थलमा हेलिकप्टरमार्फत् जानेछन्।

१५ भदौं, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेका छन् । बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र उद्धार कार्यको अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् ।

गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्धारको लागि समन्वय गरिरहेका छन् । जलविद्युत् आयोजनाको सुरूङको उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन् ।

मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोट आइपुगेका छन् । ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत् रसुवास्थित जलविद्युत् आयोजनाको उद्धारस्थलको निरीक्षणमा जानेछन् भने पीडितका परिवारसँग छलफल गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?