+
+
Shares

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १०:१५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।
  • बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के-के एजेन्डा अघि बढाउने भन्नेबारे छलफल हुनेछ ।
  • नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि तत्काल प्रतिनिधिसभा बैठक बोलाउन माग गरेको छ ।

१६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन माग गरेको थियो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभाको बैठक राख्न बोलाउन माग गरेका थिए ।

१० भदौमा बाढी गएको थियो । त्यसको भोलिपल्ट ११ भदौपछि रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले संसद्बाटै सर्वदलीय अधिकार सम्पन्न उच्चस्तरीय संसदीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित संयन्त्रले विपद्का बेला उद्धार र राहत वितरणको अनुगमन गर्ने तथा आवश्यक निर्देशन दिने अधिकार पाउने भनिएको थियो ।

आङ्देम्बेले यस्तो अधिकार सम्पन्न संयन्त्र गठन गर्न संसद् बैठक बस्नैपर्ने भएकाले ढिलाइ नगरी संसद् सञ्चालनका लागि पहल गर्न सभामुख अर्याललाई आग्रह गरेका थिए ।

यो विषयमा पनि आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?