News Summary
Generated by OK AI. Editorially reviewed.- ग्यास नपाएको विरोधमा सिरानचोक गाउँपालिका–४ चोरकाटेका स्थानीयले मंगलबार सडकमा रित्तो सिलिण्डर राखेर प्रदर्शन गरेका छन्।
- स्थानीय मदन श्रेष्ठले ‘असार यता यहाँ ग्यासको हाहाकार छ’ भन्दै आएको ग्यास पनि गोरखा बजारमै जाने बताएका छन्।
- ग्यास नआए सशक्त आन्दोलनमा उत्रिने र थप आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन्।
१६ भदौ, गोरखा । ग्यास नपाएको विरोधमा गोरखाका स्थानीयले सडकमा रित्तो सिलिण्डर राखेर विरोध जनाएका छन् ।
मंगलबार सिरानचोक गाउँपालिका ४ चोरकाटेका स्थानीयले विरोध स्वरुप रित्तो सिलिण्डर सडकमा राखेका हुन् ।
‘असार यता यहाँ ग्यासको हाहाकार छ’ स्थानीय मदन श्रेष्ठले भने, ‘आएको ग्यास पनि सबै गोरखा बजार मात्र जान्छ ।’
ग्यास नपाउँदा चुलोचौका गर्न समेत समस्या भएको उनले बताए । ग्यास नआए सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
‘आज सामान्य सचेत मात्र गराएका हौ, ग्यास नपाए थप आन्दोलन गर्छौं’ स्थानीयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4