+
+
Shares

राष्ट्रिय विपद्‌मा शंकर ग्रुपको ४ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढी प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ राहत कोषमा सहयोग गरेको छ।
  • ग्रुप निर्देशक दीपा अग्रवालसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ४ करोडको चेक हस्तान्तरण गरेको छ।
  • विपद्को तेस्रो दिनमै शंकर ग्रुपले २५ लाख बराबरका २,५०० टार्पोलिन टेन्ट विस्थापित नागरिकलाई उपलब्ध गराएको थियो।

१६ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

ग्रुप निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई राहत कोषमा ४ करोडको चेक हस्तान्तरण गरेको छ ।

बाढीमा ज्यान गुमाएका दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रुपले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?