+
+
Shares

नेपाल लिकर्सद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लिकर्स प्रालिले रसुवा र आसपासको बाढीपीडित राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
  • कम्पनी र कर्मचारीको तर्फबाट प्रदान गरिएको रकम प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनामा खर्च हुने जनाएको छ।
  • कम्पनीले प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी र स्वयंसेवकलाई सहयोग गर्न नागरिक तथा संघसंस्थालाई आग्रह गरेको छ।

१६ भदौ, काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाल लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।

कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।

प्राकृतिक विपत्तिबाट भएको क्षतिको तुलनामा सहयोग रकम सानो प्रयास भए पनि सामूहिक सहयोग र सहकार्यबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनामा योगदान पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी र स्वयंसेवकको कार्यमा सहयोग गर्न नागरिक तथा संघसंस्थालाई समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?