+
+
Shares

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत अभनिश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित एसिया बिजनेस लिडर्स अवार्ड्सअन्तर्गत ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।
  • एसिया बिजनेस लिडर्स अवार्ड्सले नेतृत्व क्षमता र रणनीतिक नवप्रवर्तनका आधारमा प्रत्येक वर्ष एसियाका उत्कृष्ट व्यवसायिक नेतृत्वकर्तालाई सम्मान गर्दै आएको छ।
  • तुलाधरले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलता नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको सामूहिक मेहनतको परिणाम भएको बताउनुभएको छ।

१९ साउन, काठमाडौं । नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभनिश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित एसिया बिजनेस लिडर्स अवार्ड्स अन्तर्गत प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।

कम्पनीका अनुसार यो सम्मान नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि पनि ऐतिहासिक उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमता र योगदानलाई थप स्थापित गरेको कम्पनीले जनाएको छ।

एसिया बिजनेस लिडर्स अवार्ड्सले हरेक वर्ष एसियाभरका उत्कृष्ट व्यवसायिक नेतृत्वकर्तालाई नेतृत्व क्षमता, रणनीतिक नवप्रवर्तन तथा सम्बन्धित उद्योगमा पुर्‍याएको रूपान्तरणकारी योगदानका आधारमा सम्मान गर्दै आएको छ।

तुलाधर यसअघि नेपाल लिकर्समा डाइरेक्टर अफ अपरेसन्सका रूपमा कार्यरत थिए। त्यसपछि उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्। ‘जेन–जी’ पुस्ताका नेतृत्वकर्ताका रूपमा परिचित उनले युनिभर्सिटी अफ रिचमन्ड र इसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन्।

कम्पनीका अनुसार उनले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र संस्थाभित्रको व्यावहारिक अनुभवलाई संयोजन गर्दै बजारमा आधुनिक तथा दूरदर्शी दृष्टिकोण स्थापित गरेका छन्। उनको नेतृत्वले संस्थागत विरासतलाई नवप्रवर्तनसँग जोड्दै कम्पनीको व्यवसायलाई नयाँ गति दिएको कम्पनीको भनाइ छ ।

सम्मान प्राप्त गरेपछि तुलाधरले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको सामुहिक मेहनतको परिणाम भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?