+
+
Shares

प्रचण्डको प्रश्न : प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो ?

बुधबारको प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले संसद्‌का सबै सांसदहरूको विश्वास लिन नसकेको भन्दै आपत्ति जनाएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसद्‌का सबै सांसदको विश्वास लिन नसकेको आरोप लगाए।
  • उनले प्रधानमन्त्री बालेन शाहलाई प्राप्त अवसर गुमाउन नहुने भन्दै नेतृत्व खोजेको देशलाई धेरै भाषण होइन, सरकारको उपस्थिति चाहिएको बताए।
  • प्रचण्डले देश संकटमा रहेको भन्दै सबैको एकता कायम राख्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको र विश्वास जित्न नसके समयले नपर्खिनसक्ने चेतावनी दिए।

१७ भदौ, काठमाडौं । प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बुधबारको प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले संसद्‌का सबै सांसदहरूको विश्वास लिन नसकेको भन्दै आपत्ति जनाएका हुन्।

‘सरकारको मुख्य नेतृत्व आज आउनु भयो केही ब्रिफिङ गर्नुभयो यस अर्थमा धन्यवाद भन्छु। तर अरुलाई पनि विश्वासमा लिनुपर्थ्यो। संसद्‌लाई विश्वासमा लिनु भनेको खाली प्रतिप्रक्षीलाई मात्रै होइन। कार्यशैलीले के देखाउँछ भने आफ्नै सांसदलाई पनि विश्वासमा लिने मेहेनत गरेको मैले चाहिँ देख्दिनँ,’ उनले भने, ‘उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरि जानुहुन्छ यो के तरिका हो ? यस्तो हुँदैन। प्रधानमन्त्री त हामी सबैको हो। जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं । भन्दा भन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका ?’

उनले प्रधानमन्त्री बालेन शाहलाई ठूलो अवसर प्राप्त भएको र यसलाई गुमाउन नहुने पनि बताए।

‘अहिलेको तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। उहाँलाई अवसर प्राप्त छ। गुम्न दिनुहुँदैन । राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवसहित के भन्छु भने- यस्तो बेलामा गर्नुपर्ने संकल्प भनेको- धेरै लामो भाषण होइन ‍नेतृत्व खोजेको छ देशले। जनताले आश्वासन खोजेका छैनन्। हरेक ठाउँमा सरकारको उपस्थित खोजेका छन्,’ उनले थपे, ‘सोसल मिडियामा पोस्ट हैन । सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो तर यो संकट समाधान हुँदैन ।’

आज देश संकटमा रहेकोले सबैको एकता आवश्यकता रहेको प्रचण्डको भनाइ छ। सबैको एकता कायम राख्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको उनले उल्लेख गरे।

‘संकटमा राज्य देखियोस्, विपत्तिमा राष्ट्र एकजुट देखियोस्। एकजुट त मैले पारेर हुँदैन। हिजो त हुने जमाना थियो। अहिले अर्को जमाना आएको छ तपाईंहरूको । तपाईंहरूको नेता प्रधानमन्त्री हाम्रो पनि प्रधानमन्त्री हो,’ उनले भने, ‘उहाँले गम्भीर भएर सबैको विश्वासको जित्न सक्नु भएन भने समयले नपर्खिनसक्छ उहाँलाई पनि । यति ध्यान रहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?