+
+
Shares

चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न डेस्क स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपद्‌का कारण अत्यावश्यक सामग्री ढुवानीमा असहजता भएपछि नेपाल चेम्बर अफ कमर्सले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको छ।
  • पृथ्वी राजमार्गलगायत केही महत्त्वपूर्ण सडक सञ्जाल अवरुद्ध हुँदा उद्योगी व्यवसायीलाई ढुवानी र आपूर्ति कार्यमा बाधा पुगेको चेम्बरले जनाएको छ।
  • सहजीकरण डेस्कमार्फत सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यवसायी र ढुवानी व्यवसायीसँग समन्वय गरिनेछ।

१७ भदौ, काठमाडौं । विपद्‌बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ ।

चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो । पृथ्वी राजमार्गलगायत देशका केही महत्त्वपूर्ण सडक सञ्जाल अवरुद्ध भई उद्योगी व्यवसायीलाई ढुवानी तथा आपूर्ति कार्यमा बाधा उत्पन्न भएकाले उक्त डेस्क स्थापना गरिएको हो ।

सहजीकरण डेस्कमार्फत राहत सामग्रीको ढुवानीमा देखिने सम्भावित समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिनेछ ।

साथै, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज आवागमनका लागि आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?