+
+
Shares

रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ राहत

त्यस्तै ज्यान गुमाएका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय भएको छ।
  • सम्पर्कविहीन प्रहरीको खोजी परिवारसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गरेर थप प्रभावकारी बनाइने भएको छ।
  • बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरीका सामग्री क्षतिका लागि जनही ५० हजार रुपैयाँ र प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ४० करोड उपलब्ध गराइने भएको छ।

१७ भदौ, काठमाडौं । रसुवा भोटेकोशी-त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई राहत रकम उपलब्ध गराइने भएको

आईजीपी दानबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरीको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका प्रतिपरिवार १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै बैठकले सम्पर्कविहीन प्रहरीको खोजी थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। बाढीमा परी हालसम्म फेला पर्न नसेकका प्रहरी कर्मचारीहरूको खोजीको लागि परिवारका सदस्यहरूको सम्पर्क एवम् समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गरी सक्रियताका साथ खोजतलासलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

त्यस्तै ज्यान गुमाएका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उनीहरूको परिवारबाट इच्छुक १ जनालाई सीपमूलक तालिम प्रदान गर्ने साथै रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई ‍शैक्षिक वृत्ति अन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकमा निर्णय गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीका सामग्रीहरूमा क्षति पुगेको र त्यसको राहतस्वरुप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि आजको बैठकले गरेको छ। यसैगरी रसुवा बाढीले पुर्‍याएको क्षतिको आर्थिक राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ४० करोड प्रदान गर्ने समेत निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?