News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले राहत वितरणमा सरकारले एकद्धार प्रणाली ल्याए पनि प्रभावितले राहत पाउन नसकेको प्रतिनिधिसभामा बताइन् ।
- उनले प्रधानमन्त्रीले ‘हिजो मेरो मात्रै काम हो भने जस्तो गर्नुभयो’ भन्दै सुरुङबाट उद्धार र बेपत्ताको खोजीमा सरकार थप जिम्मेवार हुन आग्रह गरिन् ।
- बरालले नागरिकको जीवनभन्दा ठूलो अरु केही हुन नसक्ने उल्लेख गरिन् ।
१८ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले राहत वितरणमा सरकारले एकद्धार भन्दा प्रभावितले प्राप्त गर्न नसकेको टिप्पणी गरेकी छन् ।
‘प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो गर्नुभयो,’ उनले प्रतिनिधिसभाको बैठकमा भनिन्, ‘यसैगरी सरकारले राहत वितरणमा एकद्धार प्रणालीको नीति ल्याएको छ । यो भन्दा जनताहरू भोकै छन् ।’
बेपत्ताको उद्धारमा ध्यान दिन आग्रह गरिन् । सुरुङबाट उद्धार गर्न सरकार थप जिम्मेवार बन्नुपर्ने उनको आग्रह छ ।
नागरिकको जिवन भन्दा ठूलो अरु केही हुन नसक्ने उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4