+
+
Shares

विपद्‌मा सबै दलले सरकारप्रति देखाएको सद्भाव अनुकरणीय छ : मनिष झा

‘यस घडीमा सबै दलले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको यो सरकारप्रति जुन समर्थन र सद्भाव देखाएको छ त्यो अनुकरणीय रहेको छ’, सांसद झाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १५:४८

१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले रसुवा बाढीपछिको विपद्को समयमा सबै राजनीतिक दलहरूले सरकारप्रति देखाएको सद्भाव अनुकरणीय रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले विपद्मा दलहरूले सरकारप्रति देखाएको सद्भावप्रति सम्मान प्रकट गर्दै यस्तो बताएका हुन् ।

‘यस घडीमा सबै दलले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको यो सरकारप्रति जुन समर्थन र सद्भाव देखाएको छ त्यो अनुकरणीय रहेको छ’, सांसद झाले भने ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसेको स्मरण गरे । भविष्यमा पनि यस्तै व्यवहार देखिनुपर्ने उनको आग्रह छ ।

सिंगै देश र नागरिक विपद्मा एकताबद्ध रहेको देखाए । सुरक्षाकर्मीले हिम्मत सम्हालेर काम गरिरहेको बताए । प्रहरीसँग एउटा हेलिकप्टर समेत नरहेको पनि स्मरण गरे ।

स्रोत र साधनको उपलब्धताको विषयमा समेत सरकारले ख्याल गर्नुपर्ने बताए ।

नेपालले कार्बन उत्सर्जन नगरेको तर जलवायु परिवर्तनको मार खेप्नु परिरहेको बताउँदै उनले यो विषय अन्तराष्ट्रिय स्तरमा उठ्ने बताए ।

विकसित देशले कार्बन उत्सर्जन गरेको, तर नेपालले मार खेप्नुपरेको भन्दै उनले जलवायु परिवर्तनको असरका निम्ति नेपालले क्षतिपुर्ति पाउनुपर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?