+
+
Shares

क्षतिग्रस्त सडक र पुलको पुनर्निर्माणमा जोड दिन एमालेको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सांसद पुष्पराज कँडेलले १० भदौको बाढीले क्षतिग्रस्त सडक र पुलको पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • उनले धादिङ, नुवाकोट र रसुवाको यातायात सम्पर्क प्रभावित हुँदा राहत वितरणमा समस्या भएको प्रतिनिधि सभामा बताए ।
  • कँडेलले बाढीबाट कुल गार्हस्थ उत्पादनमा करिब १० प्रतिशत ह्रास हुनसक्ने र ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य चुनौतीपूर्ण भएको उल्लेख गरे ।

१८ भदौ, काठमाडौं । नेकपा (एमाले)का सांसद प्राध्यापक डा. पुष्पराज कँडेलले १० भदौको भीषण बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले बाढीबाट धादिङ सदरमुकाम, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको यातायात सम्पर्क प्रभावित हुँदा राहत वितरणमा समेत समस्या भएको बताए ।

उनले धादिङको कृष्णभीर र परेवाभीरमा गएको पहिरोको कारण सम्पर्कविच्छेद भएको पृथ्वीराजमार्ग खुलाउन तथा वैकल्पिक मार्ग निर्माण गर्न समेत सरकारसँग माग गरे ।

‘हामीले भोगेको यो दुर्घटनाल कुल गार्हस्थ उत्पादनको १० प्रतिशत जति नोक्सान हुने स्थिति छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेको थियो । त्यो प्राप्त हुने सम्भावना अत्यन्त न्यून हुँदै गएको स्थिति छ । १० र १३ भदौमा आएको बाढीले धादिङ जिल्लाको तल्लो बेनीघाट, रोराङ बुढीगण्डकी जोडिसकेपछि बुढीगण्डकीमा आएको बाढी र यताको बाढी दुइटा जोडिएको कारणले गर्दा क्रमश: त्यहाँ कृष्णभीर लड्यो,’ उनले भने ।

सांसद कँडेलले बाढीका कारण मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब १० प्रतिशतसम्म ह्रास हुनसक्ने समेत बताए ।

सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न समेत उक्त, बाढी चुनौतीपूर्ण भएको बताए ।

बुढीगण्डकी आयोजना आफैं अघि नबढ्ने र त्यसका कारण अन्य विकासका काम समेत प्रभावित भइरहेकाले आयोजनाको डीपीआर तथा डिजाइन पुनरावलोकन गर्नुपर्नेमा समेत उनको जोड छ ।

‘धेरै पुलहरू बगाए र अन्य घरहरू पनि थुप्रै नोक्सानमा पुर्‍याएको स्थिति छ । त्यसभन्दा यता परेवाभिर भन्ने फुर्केखोला नजिकै त्यहाँ पनि काटिएको स्थिति छ । अहिले दुई ठाउँमा पुरै सडक त्रिशूलीले कटाएर लिएर गएको स्थिति छ,’ उनले थप भने, ‘धादिङको सदरमुकाम अहिले कटौतीमा परेको छ । पुल बगाइसकेपछि नुवाकोटको आधा भाग काटिएको छ र त्यस्तैगरी रसुवाका पनि थुप्रै भागहरू काटिएका छन् । यो स्थितिमा हामीले पूर्वाधारलाई ध्यान दिएर हेर्नुपर्ने स्थिति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?