+
+
Shares

भोटेकोशी बाढी प्रभावित व्यवसाय पुनरुत्थान प्याकेज घोषणा

बाढीको कारण मर्मत सम्भार हुन नसक्नेगरी क्षतिग्रस्त भएका वा बाढीले बगाई हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी तथा ढुवानीका साधन पुनः आयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट प्रदान गर्ने निर्णय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्ले भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ ।
  • मर्मत सम्भार हुन नसक्ने गरी क्षतिग्रस्त वा बगाई हराएका व्यावसायिक सवारी र ढुवानी साधन पुनः आयात गर्दा सम्पूर्ण महसुल छुट दिने निर्णय भएको छ ।
  • भदौ १० गतेको बाढीले गन्तव्यमा नपुग्दै नष्ट भएका वस्तु ६ महिनाभित्र पुनः पैठारी गरे पहिले तिरेको महसुल बराबरको रकम समायोजन गर्न दिने व्यवस्था सरकारले गरेको छ ।

१८ भदौ, काठमाडौं । अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार बाढीको कारण मर्मत सम्भार हुन नसक्नेगरी क्षतिग्रस्त भएका वा बाढीले बगाई हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी तथा ढुवानीका साधन पुनः आयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट प्रदान गर्ने निर्णय भएको छ ।

बाढीको कारण कुनै प्राकृतिक व्यक्ति वा निकायको प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण मर्मत सुधार हुन नसक्ने गरी नष्ट भएको भएमा त्यस्ता प्राकृतिक व्यक्ति वा निकायले नष्ट भएको प्रकृतिका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण नष्ट भएको परिमाणमा नबढ्ने गरी पैठारी गरेमा त्यस्ता प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरणको पैठारीमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

कुनै पैठारीकर्ताले भन्सार कार्यालयमा महसुल बुझाइ सकेको तर भदौ १० गतेको बाढीको कारण गन्तव्यमा नपुग्दै त्यस्तो वस्तु नष्ट भएकोमा सोही प्रकृतिको वस्तु ६ महिनाभित्र जुनसुकै भन्सार कार्यालयबाट पैठारी गरेमा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गर्न दिने व्यवस्था गर्ने निर्णय समेत सरकारले गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार आज घोषणा भएको प्याकेज प्रारम्भिक चरणको हो । थप प्याकेज विस्तृतमा घोषणा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?