News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीपछि २१७ विद्यार्थी र १५ शिक्षक अझै सम्पर्कमा नआएको शिक्षा विभागले जनाएको छ ।
- बाढीले रसुवा, नुवाकोट र धादिङका विद्यालयका भवन र भौतिक संरचनामा पूर्ण तथा आंशिक क्षति पुर्याएको विभागले जनाएको छ ।
- शिक्षा मन्त्रालयले बाढी प्रभावित विद्यालय पुनर्निर्माणमा आवासीय र बस सुविधासहित ‘ठूला विद्यालय’को अवधारणा अघि बढाउने भएको छ ।
१८ भदौ, काठमाडौं । रसुवा बाढीमा २१७ विद्यार्थी र १५ शिक्षक अझै सम्पर्कमा आएका छैनन् । शिक्षा विभागका निर्देशक निलकण्ठ ढकालका अनुसार, प्रारम्भिक तथ्यांकअनुसार २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन छन् ।
प्रभावित विद्यार्थी तथा शिक्षक रसुवा, नुवाकोट र धादिङका शैक्षिक संस्थासँग सम्बन्धित रहेको विभागले जनाएको छ ।
बाढीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा समेत पूर्ण र आंशिक क्षति पुगेको छ । क्षतिको विस्तृत जिल्लागत विवरण संकलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ । मन्त्रालयले यकिन तथ्यांकका आधारमा राहत, पुन:र्स्थापना र पुन:निर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ ।
शिक्षा मन्त्रालयले बाढी प्रभावित विद्यालय पुन:निर्माणमा ‘ठूला विद्यालय’को अवधारणा ल्याउने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुन:स्थापना तथा आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूहका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।
मन्त्री सस्मित पोखरेलले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका विद्यालयहरुको पुन:निर्माणका सन्दर्भमा आवाशीय सुविधा र विद्यालय बस सुविधासहितका ठूला विद्यालयको अवधारणा अनुसार अगाडि बढ्दा उपयुक्त हुनसक्ने बताए ।
प्रतिक्रिया 4