News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले रसुवा बाढी प्रभावित बीमितलाई अग्रिम दाबी भुक्तानी दिने निर्णय गरेको छ।
- अर्थ मन्त्रालयले प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकलाई बढीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिन व्यवस्था गरेको छ।
- पुनर्बीमकले पनि बीमकलाई बढीमा ५० प्रतिशत अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने र संक्षिप्त कार्यविधि छिट्टै लागू गर्ने भएको छ।
१८ भदौ, काठमाडौं । सरकारले रसुवा बाढी प्रभावित बीमतिलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको छ । बिहीबार रसुवा बाढी पुनरुथान प्याकेज मार्फत सरकारले अग्रिम भुक्तानी व्यवस्था गरेको हो ।
अर्थ मन्त्रालयले ल्याएको प्याकेजमा बाढीको कारण भएको क्षतिको बीमा दाबीको मूल्याङ्कनलाई थप प्रभावकारी र छिटो छरितो बनाउन सरलीकृत ढङ्गले सर्भेयर खटाउन सक्ने व्यवस्था मिलाउने भएको छ ।
त्यसैगरी बाढीको कारण भएको क्षतिको बीमा दाबी गर्ने बीमितलाई प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनको आधारमा बीमकले बढीमा पचास प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था गरेको छ ।
साथै पुनर्बीमकले समेत बीमकलाई बढीमा पचास प्रतिशत अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था गरेको छ । बाढीको कारण भएको क्षतिको बीमा दाबी भुक्तानी सरल र प्रभावकारी बनाउन बीमकले संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा गरी लागु गर्ने मन्त्रालयल जनाएको छ ।
प्रतिक्रिया 4