+
+
Shares

रुखमा घण्टी झुन्ड्याउन खोज्दा लडेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउने क्रममा विद्यालयको पिल्लरबाट लडेर रुद्रप्रसाद गौतमको मृत्यु भएको छ।
  • शुक्रबार बिहान करिब ११ बजे महाकालीदेवी मन्दिरमा पूजा गर्न जाँदै गर्दा गौतम जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट लडेका थिए।
  • टाउकोमा गहिरो चोट लागेका गौतमको धुसेनी देउराली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

१९ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५, केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा विद्यालयको पिल्लरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहेका छन् । शुक्रबार बिहान करिब ११ बजे महाकालीदेवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट लडेका थिए।

लडेर टाउकोमा गहिरो चोट लागेका गौतमलाई उपचारका लागि धुसेनी देउराली अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ढाडखर्कबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?