+
+
Shares

भिरबाट लडेर किशोरको मृत्यु   

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ ।

रासस रासस
२०८३ जेठ २१ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटामा भीरबाट लडेर १७ वर्षीय किशोर अस्मित रानाको मृत्यु भएको छ ।
  • साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना खोला नजिकको करिब ९० मिटर अग्लो भीरबाट खसेका थिए ।
  • जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

२१ जेठ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए ।

गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी गएराति बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?