News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको चाँगुनारायण नगरपालिका-८ मञ्जुश्री गुम्बानजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मजदुरको मृत्यु भएको छ ।
- कलमसिस्थित एक होटलमा ढलान सकेर १२ जना मजदुर बोकी फर्कँदै गरेको ट्र्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको हो ।
- दुर्घटनामा घाइते भएका मजदुरहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२० जेठ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका -८ मञ्जुश्री गुम्बानजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना भएको छ । ढलान सकेर भक्तपुरतर्फ मजदुर बोकेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटना भएको ट्र्याक्टर पल्टिएर च्यापिँदा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार कलमसिस्थित एक होटलमा ढलान सकेर १२ जना मजदुर बोकेर फर्कँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो ।
घाइते मजदुरहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4