+
+
Shares

बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली

खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाना पकाउने ग्यास, विद्युत् र मलको अभावविरुद्ध शनिबार बङ्गलादेशका हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध ढाकामा र्‍याली निकालेका छन्।
  • प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ।
  • विपक्षी नेता शफिकुर रहमानले “यो आन्दोलन खाना पकाउने ग्यासको सुनिश्चितता गर्न र हरेक घरमा बिजुली पुर्‍याउन केन्द्रित छ” भनेका छन्।
२० भदौ, ढाका (रासस/एएफपी) । खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् ।
प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ ।
विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह सहर चट्टोग्रामतर्फ पदयात्रा सुरु गरेका छन् । पदयात्राका क्रममा विभिन्न स्थानमा थप र्‍याली आयोजना गरिने जनाइएको छ ।
विपक्षी नेता शफिकुर रहमानले आन्दोलन खाना पकाउने ग्यासको नियमित आपूर्ति र प्रत्येक घरमा विद्युत् सेवा सुनिश्चित गर्न केन्द्रित रहेको बताए। “यो आन्दोलन खाना पकाउने ग्यासको सुनिश्चितता गर्न र हरेक घरमा बिजुली पुर्‍याउन केन्द्रित छ”, उनले समर्थकलाई सम्बोधन गर्दै भने।
मध्यपूर्वमा जारी युद्धलगायतका कारण बङ्गलादेशमा इन्धन तथा अन्य अत्यावश्यक वस्तुको अभाव बढेको बताइएको छ । सङ्कट व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर पनि आलोचना भइरहेको छ ।
उच्च विद्युत् महसुलप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ सरकारी अधिकारीलाई अपमान गरेको आरोपमा एक कलेज विद्यार्थी पक्राउ परेको भोलिपल्ट विपक्षीले प्रदर्शन गरेको हो । आलोचकहरूले उक्त पक्राउलाई सरकारको आलोचना र असहमतिप्रति बढ्दो असहिष्णुताको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।
विपक्षी नेसनल सिटिजन पार्टीका नेता अख्तर हुसेनले सरकार ग्यास, विद्युत् र मलको आपूर्ति व्यवस्थापनमा असफल भएको आरोप लगाए।
“तपाईंहरू ग्यास, बिजुली र मल आपूर्ति गर्न असफल हुनुभएको छ र मानिसहरूलाई बोल्नसमेत दिइरहनुभएको छैन”, उनले भने। उनले सरकारलाई आफ्ना नीतिका कारण गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?