+
+
Shares

बेत्रावतीमा बाढीबाट पुरिएकाको उद्वारमा प्रहरीसँगै बल्छी धुर्बे

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बल्छी धुर्बेसहित ‘हल्का रमाइलो’ र ‘जुठे’ का कलाकार टोली भोटेकोशी बाढी प्रभावितलाई राहत बाँड्न नुवाकोटमा व्यस्त छ ।
  • टोलीले राहत वितरणसँगै बाढीबाट पुरिएकाको उद्धारमा पनि सक्रिय भएर शनिबार बेत्रावतीमा ६४ वर्षीया चन्डिका श्रेष्ठको उद्धार गरेको छ ।
  • श्रेष्ठलाई ११ दिनपछि बाढीसँगै बगेको घरबाट पुरिएको अवस्थामा उद्धार गरी कलाकार पुकु र साहुनीको लुगा र पछ्यौरा दिइएको छ ।

काठमाडौं । यतिबेला बल्छी धुर्बेसहित टिभी श्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ को कलाकार टोली भोटेकोशी बाढी प्रभावितलाई राहत बाँड्न नुवाकोटमा ब्यस्त छ ।

यो टोली बाढी प्रभावित रसुवातिर उक्लिएर राहत बाँड्ने तयारीमा छ । राहत वितरणसँगै बल्छी धुर्बेसहितको टोली शनिबार बाढीबाट पुरिएकाको उद्वारमा पनि सक्रिय देखियो ।

बल्छी धुर्बेले प्रहरी र उद्वारकर्तासँगै मिलेर बेत्रावतीमा शनिबार एक ६४ वर्षिया वृद्धा चन्डिका श्रेष्ठको उद्वार गरेका थिए । बेल्चाले लेदो फाल्ने कार्यमा आफू पनि जुटेको बल्छी धुर्बेले त्यहाँबाट जानकारी गराए ।

उद्वार गरिएकी ती वृद्धालाई कलाकार पुकु र साहुनीको लुगा र पछ्यौरा दिइएको थियो । ती वृद्धालाई ११ दिनपछि बाढीसँगै बगेको घरबाट पुरिएको अवस्थामा उद्वार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?