+
+
Shares

त्रिशूली ३ बीमा फसेकाहरुका आफन्त माइतीघरमा : कति दिन घरमा बसेर रुने ?

‘कति दिन घरमा बसेर कुर्ने ?’, ‘कति दिन घरमा बसेर रुने ?’ भन्दै उनीहरुले माइतीघरमै आएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ २२ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तको खोजी माग्दै उनीहरूले १३ दिनपछि माइतीघरमा धर्ना दिएका छन्।
  • सुरुङमा फसेका आफन्तको खोजीमा सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरूले घटनास्थल जान पनि रोकिएको बताएका छन्।
  • ‘कति दिन घरमा बसेर कुर्ने ?’, ‘कति दिन घरमा बसेर रुने ?’ भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

२२ भदौ, काठमाडौं । रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग गर्दै आफन्तहरु काठमाडौं आइपुगेका छन् ।

१३ दिनसम्म पनि सुरुङमा फसेका आफन्तहरुको खोजी नगरिदिएको गुनासो गर्दै उनीहरुले आज माइतीघरमा धर्ना दिएका छन् ।

दुई साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फसेका आफन्तहरुको खोजीमा ध्यान नदिएको उनीहरुको गुनासो छ ।

‘कति दिन घरमा बसेर कुर्ने ?’, ‘कति दिन घरमा बसेर रुने ?’ भन्दै उनीहरुले माइतीघरमै आएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

माइतीघर आएका आफन्तहरुले आफूहरुलाई घटनास्थल जान पनि रोकिएको बताएका छन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?