News Summary
Generated by OK AI. Editorially reviewed.- कागेश्वरी मनोहरा–६ चखडोलको ‘अनिल किराना पसल’ ले सरकारको दरभन्दा बढीमा एलपी ग्यास बेचेपछि विभागले ३ लाख रुपैयाँ जरिबाना गरेको छ।
- विभागका अनुसार पसलले सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरेको फेला परेको थियो, जबकि सरकारी मूल्य २ हजार ६० रुपैयाँ छ।
- उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम प्रत्यक्ष प्रमाण भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ।
२६ भदौ, काठमाडौं । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले ३ लाख रुपैयाँ जरिबाना गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित ‘अनिल किराना पसल’ ले उपभोक्तालाई बढी मूल्यमा ग्यास बेचेको पाइएपछि कारबाही गरिएको जनाएको छ ।
विभागका सूचना अधिकारी अनिल किरातीले उक्त पसलले सरकारले तोकेको मूल्यविपरीत सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको फेला परेको बताए ।
एक सिलिन्डर ग्यासको मूल्य भने २ हजार ६० रुपैयाँ रहेको छ ।
उपभोक्ता ठगी गरेको प्रत्यक्ष प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम उक्त किराना पसललाई तत्काल ३ लाख रुपैयाँ जरिबाना तिराइएको सूचना अधिकारी किरातीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4