+
+
Shares

बृहत संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको र व्यापक संयुक्त मोर्चा बनाउने बताए ।
  • उनले सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाउँदै विभिन्न पार्टी, बुद्धिजीवी र नागरिक समाजसँग छलफल भइरहेको बताए ।
  • प्रचण्डले चाडपर्वपछि देशको परिस्थितिअनुसार नयाँ आन्दोलन सिर्जना गर्ने बताए ।

२ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् ।

नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले दमन र ज्यादती सुरु गरेको आरोप लगाए ।

‘…अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौं,’ प्रचण्डले भने ।

साथै, यनले नेता कार्यकर्ताहरूलाई थप प्रष्ट पार्दै विभिन्न पार्टी, बुद्धिजिवी, नागरिक समाजसँग लगातार छलफलमा रहेको बताए । ती छलफलहरू सकारात्मक दिशामा अघि बढेको पनि उनले बताए ।

‘म सबै नेता कमरेडहरूलाई प्रष्टसँग भन्न चाहन्छु, हामी त्यसको तयारीका लागि विभिन्न पार्टी, बुद्धिजिवी, नागरिक समाजसँग लगातार छलफलमा छौं । र, सकारात्मक दिशामा चिजहरू अगाडि बढ्दैछन्,’ प्रचण्डले भनेका छन् ।

साथै, उनले सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्ने बताए ।

‘तपाईं हामी सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने नयाँ संकल्प गनुपर्ने आवश्यकता छ । हामी अहिले त्यही प्रक्रियामा छौं,’ उनले भने ।

चाडपर्वपछि देशको परिस्थितिलाई हेरेर नयाँ आन्दोलन सृष्टि गर्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?