+
+
Shares

विदेशी विनिमय सञ्चिति साढे ३९ खर्ब, २१ महिनाको वस्तु आयात धान्ने

यो बचत गत असारको तुलनामा १.२ प्रतिशत धेरै हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
  • असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति १.२ प्रतिशत बढेको छ भने अमेरिकी डलरमा २५ अर्ब ८४ करोड पुगेको छ ।
  • सञ्चितिले २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष साउनसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब रुपैयाँ बराबर पुगेको छ । यो बचत गत असारको तुलनामा १.२ प्रतिशत धेरै हो ।

२०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ साउन सकिँदा २.१ प्रतिशत वृद्धि भई २५ अर्ब ८४ करोड पुगेको छ ।

२०८३ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत छ । चालु आव पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा २०८३ असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड थियो ।  साउन मसान्तमा १.३ प्रतिशत वृद्धि भई ३५ खर्ब १७ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड थियो । साउन मसान्तमा ०.९ प्रतिशत वृद्धि भई ४ खर्ब २८ अर्ब २२ करोड कायम भएको छ ।

साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमश: ५९.८, १ सय ५७ र ४४.५ प्रतिशत छन् । असार मसान्तमा क्रमश: ५९.१, १६३.४ र ४३.८ प्रतिशत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?