फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सामा प्रहरीले ३० किलो गाँजासहित पर्साकै पटेर्वासुगौली गाउँपालिका-१ का तीन जनालाई पक्राउ गरेको छ।
- विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भागेपछि दुई राउण्ड हवाई फायर गरेको छ।
५ असोज, काठमाडौं । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार राति १० बजे दुई राउण्ड गोली चलाएर पर्साकै पटेर्वासुगौली गाउँपालिका-१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरीचौधरीलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा पटेर्वासुगौलीस्थित इलाका प्रहरी कार्यालयको टोली वडानम्बर १ को मलाही टोल पुगेको थियो । त्यसक्रममा गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरु भागेपछि प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4