+
+
Shares

बाँदरको आक्रमणबाट डेढ महिनामा ४० जना घाइते

भेरी अस्पतालका डा. बद्री चापागाईंका अनुसार पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण उपचारका लागि आएका छन् ।

रासस रासस
२०८३ असोज ५ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगञ्जमा पछिल्लो डेढ महिनामा बाँदरको आक्रमणबाट घाइते ४० जना भेरी अस्पतालमा उपचारका लागि आएका छन्।
  • भेरी अस्पतालका डा. बद्री चापागाईंका अनुसार पछिल्लो ४५ दिनमा जनावरजन्य टोकाइका १ हजार ३६ केस आएका छन्।
  • त्यसमध्ये कुकुरको टोकाइ ८६५, बिरालो ११०, सर्पदंश ११८, मुसाको टोकाइ २१ र बाँदरको टोकाइ ४० जना रहेका छन्।

५ असोज, बाँके । नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन् ।

पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएको भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहेका डा. बद्री चापागाईंले बताए ।

उनले नेपालगञ्जमा बाँदरको टोकाइबाट घाइते भई अस्पताल आउने बिरामीको घटना नयाँ भएको बताए ।

‘कुकुर, बिरालो, सर्पको टोकाइबाट घाइते भई अस्पताल आउने क्रम पुरानै हो,’ डा. चापागाईंले भने, ‘तर अहिले बाँदरले समेत घर-घरमै पसेर मान्छेलाई टोकेको केश अचम्म लाग्दो छ ।’

उनले शहरमा बाँदरको बिगबिगी रहेकाले सुरक्षित रहन र आक्रमण भइहाले तुरुन्तै उपचारको लागि अस्पताल पुग्न सुझाव दिए । भेरी अस्पतालमा पछिल्लो पटक सर्प तथा जनावर जन्य टोकाइका घटना बढ्दै गएका छन् ।

भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहनुभएका डा चापागाईंले दिएको तथ्यांकअनुसार पछिल्लो ४५ दिनमा एक हजार ३६ केश जनावरजन्य टोकाइका रहेका छन् ।

सबैभन्दा धेरै कुकुरको टोकाइबाट ८६५, बिरालोबाट ११०, बाँदरबाट ४०, मुसाको टोकाइबाट घाइते भएका २१ जना बिरामी छन् । यसैगरी यो अवधिमा भेरी अस्पतालमा मात्रै सर्पदंशका ११८ बिरामी उपचारका लागि आएको डा चापागाईंले बताए । यो अवधिमै कीराको टोकाइबाट चार जना र टोक्ने जीवजन्तु थाहा नभएका १९ जना बिरामी उपचारको लागि भेरी अस्पतालमा पुगेको तथ्यांक छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजारमा नयाँ केश भएको बताए ।

उनले बाँदरको टोकाइबाट घाइते बिरामीलाई जंगली जनावर मानेर रेविज विरुद्धको खोप दिनुका साथै आवश्यकताअनुसार बिरामीलाई सहजरूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?