+
+
Shares

हिमालय टिभीका अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार

यो वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रामचन्द्र अर्याल र दिवाकर पोखरेलसहित चारजना पत्रकारलाई प्रदान गरिएको छ।
  • नेपाल टेलिभिजनमा आयोजित समारोहमा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गर्दै पत्रकारको सुरक्षाका लागि राज्यले नीतिगत काम गरिरहेको बताए।
  • गत भदौ २३ गतेको जेनजी आन्दोलन र पर्यावरण संरक्षणमा जोखिमपूर्ण रिपोर्टिङ गरेका पत्रकारलाई सम्मान गरिएको छ।

७ असोज, काठमाडौं । यो वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन् ।

नेपाल टेलिभिजनमा आयोजित समारोहमा सुचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गरे।

गत वर्ष भदौ २३ गते भएको जेनजी बन्दोलनका क्रममा जोखिम मोलेर प्रत्यक्ष रिपोर्टिङ गरेका  हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित कान्तिपुरका श्याम श्रेष्ठलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पर्यावरण संरक्षणका क्षेत्रमा जोखिमपूर्ण रिपोर्टिङ गरेका नेपाल टेलिभिजनका संवाददाता अंजिरसिंह विक र शिव शिलवाललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले जोखिमपूर्ण रिपोर्टिङले सत्य तथ्य समाचार उजागर गर्ने भए पनि पत्रकारले आफ्नो सुरक्षाको ध्यान दिनुपर्ने बताए । मन्त्री तिमिल्सिनाले राज्यले पत्रकारको सुरक्षाका लागि नीतिगत काम गरिरहेको बताए।

कार्यक्रममा हिमालय टेलिभिजनका पत्रकार रामचन्द्र अर्यालले पत्रकारिता क्षेत्र नै जोखिमपूर्ण रहेको बताउँदै जनताको हकाधिकार स्थापित गराउनका लागि सधैं जोखिम मोल्न पत्रकार तयार रहेको बताए।

वि.सं. २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परेका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो । पुरस्कारको राशी एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?