+
+
Shares

सिड्नीका सार्वजनिक स्थानमा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिड्नी नगर परिषद्ले सार्वजनिक स्थानमा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
  • व्यक्तिगत गोपनीयता र अनधिकृत भिडियो रेकर्डिङ रोक्न सर्वसम्मत निर्णय गरिएको परिषद्ले जनाएको छ।
  • स्विमिङ पुल, पुस्तकालय, जिम, बाल हेरचाह केन्द्र र टाउन हलमा अब स्मार्ट चस्मा लगाउन पाइने छैन।

९ असोज, काठमाडौं । अस्ट्रेलियाको सिड्नी नगर परिषद्ले आफ्नो स्वामित्वमा रहेका सार्वजनिक स्थानहरूमा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

व्यक्तिगत गोपनीयताको सुरक्षा र अनधिकृत भिडियो रेकर्डिङबाट हुनसक्ने सम्भावित दुर्व्यवहारलाई रोक्न परिषद्को बैठकले सर्वसम्मत रूपमा यस्तो निर्णय गरेको हो।

नयाँ नियम लागू भएसँगै अब सिड्नीका स्विमिङ पुल, पुस्तकालय, जिम, बाल हेरचाह केन्द्र, टाउन हललगायतका स्थानमा स्मार्ट चस्मा लगाउन पाइने छैन। स्मार्ट चस्मामा जडित क्यामेरामार्फत अरूको जानकारी वा सहमतिबिना तस्बिर तथा भिडियो खिच्न सकिने भएकाले विशेषगरी महिला र बालबालिकाको गोपनीयता जोखिममा पर्ने परिषद्को निष्कर्ष छ।

सिड्नी नगर परिषद्का ग्रिन्स काउन्सिलर म्याथ्यु थम्पसनले विदेशमा स्मार्ट चस्मामार्फत महिलाहरूलाई लक्षित गरी दुर्व्यवहार गर्ने र लुकेर भिडियो रेकर्ड गर्ने घटनाहरू बढेकाले पूर्वसावधानी अपनाइएको बताए।

‘विदेशमा महिलाहरूलाई लक्षित गरी दुर्व्यवहार गर्ने र सहमतिबिना रेकर्ड गर्ने घटनाहरू देखिरहेका छौँ, अमेरिकामा भइरहेको जस्तो अवस्था हामी यहाँ दोहोरिन दिन चाहँदैनौँ,’ उनले भनेका छन्।

प्रतिबन्धबारे सर्वसाधारणलाई जानकारी गराउन सम्बन्धित स्थानका सूचनापाटी र नियमसम्बन्धी निर्देशनहरू अद्यावधिक गरिने परिषद्ले जनाएको छ।

यद्यपि, दृष्टिसम्बन्धी समस्या भएका, बहिरा वा कम सुन्ने व्यक्तिहरूले पहुँचका लागि स्मार्ट चस्मा प्रयोग गर्नुपर्ने बाध्यतात्मक अवस्थामा भने विशेष छुटको व्यवस्था गरिएको छ। स्मार्ट प्रविधिको बढ्दो प्रयोगसँगै सिड्नी नगर परिषद्को यो निर्णयले सार्वजनिक स्थानमा प्रविधि र व्यक्तिगत गोपनीयताबीचको सन्तुलनबारे नयाँ बहस सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?