+
+
Shares

कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने ६६० मतसहित निर्वाचित भएका छन् ।
  • महानगर उपसभापतिमा मित्रनिधि तिवारी ७१५ मतसहित विजयी भएका छन् ।
  • सचिवमा सुमित पराजुली निर्वाचित भएका छन्, भने उपाध्यक्षमा कल्पना पौडेल खड्का र सहसचिवमा देउबहादुर थापा सर्वसम्मत चुनिएका छन् ।

८ असोज, काठमाडौं । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्।

बुधबार भएको निर्वाचनमा न्यौपानेले ६६० मत पाए । उनका प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४१३ मत ल्याए। सभापतिको तेस्रो प्रतिस्पर्धी कृष्ण विलास अधिकारीले १५९ मत पाएका थिए।

महानगर उपसभापतिमा मित्रनिधि तिवारी विजयी भएका छन् । उनले ७ सय १५ मत प्राप्त गर्दा सोही पदका उम्मेदवार रेशमबहादुर देउजाले ४ सय ७७ मत ल्याएका छन्।

सचिवमा सुमित पराजुली निर्वाचित भए। महिला तर्फको उपाध्यक्षमा कल्पना पौडेल खड्का र सहसचिवमा देउबहादुर थापा सर्वसम्मत चुनिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?