+
+
Shares

५१२ स्थानीय तहमा कांग्रेसको गाउँ-नगर अधिवेशन सम्पन्न

समितिले बाँकी रहेका २४१ पालिकामा भोलि र पर्;l (बिहीबार र शुक्रबार) पनि अधिवेशन जारी रहने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १८:२१

७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तगर्त बुधबार ५१२ स्थानीय तहमा गाउँ-नगर अधिवेशन भएको जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिले पालिका अधिवेशनअन्तर्गत ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन भएको जानकारी प्राप्त भएको जनाएको हो ।

समितिले बाँकी रहेका २४१ पालिकामा भोलि र पर्सि (बिहीबार र शुक्रबार) पनि अधिवेशन जारी रहने जनाएको छ ।

समितिले विज्ञप्ति जारी गरेर बिहीबारदेखि भारी वर्षा हुने पूर्वानुमान रहेकोभन्दै निर्वाचन अधिकृतहरूलाई आफू मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभाको अधिवेशन अनुकुल समय मिलाएर गर्न पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?