News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत बाँकी २४१ पालिकामा आज र भोलि अधिवेशन हुने भएको छ ।
- ५८ जिल्लाका ५१२ पालिकामा बुधबार उद्घाटन, बन्द सत्र र निर्वाचन प्रक्रिया सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
- जल तथा मौसम विभागले ८ देखि १२ असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेपछि कांग्रेसले मौसम हेरेर अधिवेशन गर्न निर्देशन दिएको छ ।
८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत पालिका अधिवेशन आज पनि जारी रहने भएको छ ।
नेपाली कांग्रेसका अनुसार अधिवेशन हुन बाँकी रहेका २४१ पालिकामा आज र भोलि अधिवेशन हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य सचिव राजु कटुवालका अनुसार ५८ जिल्लाका ५१२ पालिकामा बुधबार अधिवेशनको उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया भइसकेको छ । उनका अनुसार बाँकी रहेका पालिकामा आज र भोलि अधिवेशन हुनेछ ।
जल तथा मौसम विभाग विभागले ८-१२ असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेकोले पालिका अधिवेशन गर्दा मौसमलाई ध्यानमा राखी अनुकूल समय मिलाएर गर्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई कांग्रेसले निर्देशन दिएको छ ।
कांग्रेसले ३ असोजदेखि वडा अधिवेशन सुरु गरेको थियो । वडा अधिवेशन सकेर कांग्रेसले बुधबारदेखि पालिका अधिवेशन सुरु गरेको हो ।
१६-१९ असोजसम्म १५औं महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसको छ ।
प्रतिक्रिया 4