+
+
Shares

महँगियो गोलभेँडा, एकैदिन १५ प्रतिशतसम्म वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार सबै प्रकारका गोलभेँडाको भाउ बढेको छ ।
  • नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँबाट बढेर ७५ रुपैयाँ पुगेको छ ।
  • भारतीय ठूलो गोलभेँडा ७५ रुपैयाँबाट ८५ रुपैयाँ र लोकल सानो गोलभेँडा ४७ रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ ।

८ असोज, काठमाडौं । बजारमा गोलभेँडा महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार सबै प्रकारका गोलभेँडाको भाउ बढेको हो ।

आज नेपाली ठूलो गोलभेँडाको मूल्य सबैभन्दा धेरै १५.३८ प्रतिशतले बढेको छ । हिजो बुधबार थोकमा प्रतिकिलो ६५ रुपैयाँ औसत मूल्य रहेको नेपाली ठूलो गोलभेँडा आज बिहीबार किलोको ७५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, भारतीय ठूलो गोलभेँडाको मूल्य पनि १३.३३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो दिन प्रतिकिलो ७५ रुपैयाँ रहेको भारतीय ठूलो गोलभेँडाको मूल्य बढेर ८५ रुपैयाँ कायम भएको छ ।

ठूलो मात्र नभई सानो गोलभेँडाको मूल्यमा पनि उस्तै वृद्धि देखिएको छ । लोकल सानो गोलभेँडाको औसत मूल्य प्रतिकिलो ४७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ, जुन १५.३० प्रतिशतको वृद्धि हो।

त्यस्तै, टनेलको सानो गोलभेँडाको मूल्य किलोको ६१ रुपैयाँबाट १२ प्रतिशतले बढेर ६८ रुपैयाँ कायम भएको समितिले जनाएको छ । बजार विकास समितिको यो तथ्यांकले एकैदिनमा गोलभेँडाको भाउ किलोमै ७ देखि १० रुपैयाँसम्मले महँगिएको देखाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?