News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार नेपाली ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ।
- लोकल गोलभेँडाको थोक मूल्य पनि बिहीबार प्रतिकिलो ७ रुपैयाँ बढेर औसत ४१ रुपैयाँमा किनबेच भइरहेको छ।
४ भदौ, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको मूल्यवृद्धि भएको देखाएको हो ।
नेपाली ठूलो गोलभेँडाको मूल्य बुधबारको तुलनामा आज बिहीबार थोकमा प्रतिकिलो १० रुपैयाँले बढेको छ । बुधबार नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा न्यूनतम ७० देखि अधिकतम ८० र औसत ७५ रुपैयाँ कायम थियो ।
आज बिहीबार भने उक्त गोलभेँडा न्यूनतम ८० देखि अधिकतम ९० तथा औसत ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै आज लोकल गोलभेँडाको मूल्य पनि थोकमा प्रतिकिलो ७ रुपैयाँ बढेको छ । हिजो बुधबार न्यूनतम ३० देखि अधिकतम ४० र औसत ३५ रुपैयाँमा बिक्री भएको लोकल गोलभेँडा बिहीबार न्यूनतम ३८ देखि अधिकतम ४८ र औसत ४१ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4