News Summary
Generated by OK AI. Editorially reviewed.- राजेन्द्र सापकोटाको सामाजिक-राजनीतिक फिल्म ‘पैसा’ले सत्ता, भ्रष्टाचार र सीमा विवादको कथावस्तु समेटेको छ।
- फिल्मको लिरिकल गीत ‘राप्ती सुसायो’ युट्युबमा सार्वजनिक भएको छ र यसमा भोटेकोशी बाढी, विस्थापन तथा नागरिकको पीडा देखाइएको छ।
- फिल्ममा सन्तोष पन्त, सुशील पोखरेल, राजेन्द्र सापकोटा, अविनाश सिंह र पूजा पाण्डेले अभिनय गरेका छन्, तर प्रदर्शन मिति घोषणा भएको छैन।
काठमाडौं । नेपाली समाजमा शक्ति, पहुँच र धनको होडबाजीलाई विषय बनाइएको सामाजिक-राजनीतिक फिल्म ‘पैसा’ प्रदर्शन तयारीमा छ ।
राजेन्द्र सापकोटा निर्देशित यो फिल्मले लिरिकल गीत ‘राप्ती सुसायो’ युट्युबमा सार्वजनिक गरेको छ ।
गीतमा रसुवाको भोटेकोशीमा हालैको बाढीबाट भएको क्षति, विस्थापन र नागरिकको पीडालाई प्रस्तुत गरिएको छ । गीतले भ्रष्टाचार र सीमा विवादप्रतिको जनआक्रोशसँगै जेन्जी युवाको आन्दोलन र त्यसक्रममा भएको मानवीय क्षतिको पीडा पनि समेटेको छ ।
फिल्ममा सन्तोष पन्त, सुशील पोखरेल, राजेन्द्र सापकोटा, अविनाश सिंह र पूजा पाण्डेले अभिनय गरेका छन् भने प्रदर्शन मिति घोषणा हुन बाँकी छ ।
कथासारअनुसार सत्ताको आडमा हुने भ्रष्टाचार, सीमा क्षेत्रका विवाद र त्यसले आम नागरिकको जीवनमा पार्ने असर कथाको केन्द्रमा छन् । राज्यव्यवस्थाभित्रको खिचातानी र आर्थिक प्रलोभनसँगै आफ्ना हकअधिकारका लागि सडकमा उत्रिएको जेन्जी पुस्ताको आन्दोलनलाई पनि फिल्मले समेटेको छ ।
पैसा र शक्तिको खेलमा साधारण नागरिकले भोग्नुपर्ने क्षति फिल्मको मुख्य विषय हो । यो फिल्मलाई सामाजिक-राजनीतिक ड्रामा बताइएको छ ।
प्रतिक्रिया 4