+
+
Shares

२२ वर्षीया रूबी झापा–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. २ मा २३ वर्षीया रूबी सिटौला युवा महिलातर्फ निर्विरोध महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन्।
  • निर्वाचन समितिको प्राथमिक सूचीअनुसार युवा महिलातर्फ सिटौलाको मात्र उम्मेदवारी परेको थियो।
  • खुला पुरुषतर्फ १८, खुला महिलातर्फ ११, दलित समावेशीतर्फ विरबहादुर दर्नाल र थारु मुस्लिम क्लस्टरमा लवकुमार चौधरीको एकल उम्मेदवारी परेको छ।

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा युवा महिलाको तर्फबाट रूबी सिटौला महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन् ।

२२ वर्षीया उनी निर्विरोध महाधिवेशन प्रतिनिधि बनेकी हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको प्राथमिक सूची अनुसार, युवा महिलातर्फ सिटौलाको मात्रै उम्मेदवारी परेको हो । यो सँगै उनी महाधिवेशन प्रतिनिधि बन्ने पक्का भएको हो ।

खुला पुरुषतर्फ १८ जनाको उम्मेदवारी परेको छ भने खुला महिलातर्फ ११ जनाको उम्मेदवारी परेको छ ।

दलित समावेशीतर्फ विरबहादुर दर्नालको एकल उम्मेदवारी परेको छ भने थारु मुस्लिम क्लस्टरमा पनि लवकुमार चौधरीको एकल उम्मेदवारी परेको छ ।

सिटौला दन्तचिकित्सा शास्त्र अध्ययनरत छिन् ।

स्वास्थ्य क्षेत्रको अध्ययनसँगै सामाजिक तथा नीतिगत विषयमा सक्रिय रहँदै आएकी उनले राजनीतिमा योग्यता, क्षमता, योगदान र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएकी छन् ।

उनी हाल विश्वभरिका सांसदहरूलाई नेपाली सांसदहरूसँग एउटै मञ्चमा जोड्ने तथा विभिन्न सामाजिक, नीतिगत र सार्वजनिक सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया गराउन सहजीकरण गर्ने कार्यमा समेत सक्रिय छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?