News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको नारायणी नदीमा राखिएको क्रुजसिप बाढीले बगाएर आइतबार दिउँसो पुलको पिलरमा ठोक्किएको छ।
- एसपी रामेश्वर पौडेलले क्रुजसिप गैंडाकोटपट्टिको पिलरमा अड्किएको र पानीको सतह तथा बहाब बढिरहेको बताए।
११ असोज, काठमाडौं । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएको छ ।
आइतबार दिउँसो नदीमा राखिएको क्रजुसिप बगाएको हो । बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।
अहिले पुलमा उक्त क्रुजसिप आएर ठोक्किएको एसपी रामेश्वर पौडेलले जानकारी दिए ।
‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने ।
उनले पानीको बहाब बढिरहेको पनि जानकारी दिए । उनका अनुसार अहिले पुलबाट सवारी सञ्चालनमा रोक लगाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4