+
+
Shares

 जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

असोज ८ गतेदेखि परिवारको सम्पर्कमा नरहेका उनीहरू सोमबार सबै सम्पर्कमा आएको र सकुशल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १९:५९

१२ असोज, सुर्खेत । हुम्लामा कटुको (जडीबुटी) संकलन गर्न हिमाली क्षेत्रमा पुगेका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना एक सातापछि सम्पर्कमा आएका छन् ।

असोज ८ गतेदेखि परिवारको सम्पर्कमा नरहेका उनीहरू सोमबार सबै सम्पर्कमा आएको र सकुशल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सम्पर्कमा आउनेमा धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोर सिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् ।

उनीहरू भदौ २८ गते कटुको संकलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पे खोला जंगलतर्फ गएका थिए । लामो समयसम्म सम्पर्क नभएपछि आफन्तले प्रशासनलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार १० जना नै सम्पर्कमा आइसकेका छन् । दुर्गम हिमाली क्षेत्र र सञ्चार सम्पर्कको समस्याका कारण उनीहरू केही दिन परिवारको सम्पर्कमा आउन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?