+
+
Shares

संखुवासभाको भोटखोला बाढीले ४८ बाख्रा बगायो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ८:२६

१४ असोज, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४  ठाडोखोलामा आएको बाढीले ४८ वटा बाख्रा बगाएको छ । भोटखोला–४ का नवीन गुरुङको खोरमा रहेका ४८ वटा बाख्रा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

उनका अनुसार ठाडोखोला नजिकै पुल मुनि बनाइएको खोरमा राखिएका बाख्रा बाढीले बगाएको हो ।

घटनाको जानकारी पाएलगत्तै मंगलबार स्याक्सिलागोला प्रहरी टोली घटनास्थलमा खटिएको थियो । बाढीले ठूलो संख्यामा बाख्रा बगाएपछि लाखौं रुपैयाँ क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?