+
+
Shares

रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो

रासस रासस
२०८३ असोज १५ गते २०:३८

१५ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारसँग एक अर्ब रुपैयाँ अनुदान माग गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग उक्त रकम माग गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले भोटेकोशी बाढीका कारण प्रदेशभित्रका क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँ अनुदान माग गर्ने निर्णय गरेको जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?