+
+
Shares

फेरि सर्‍यो कांग्रेस मतदान समय, साढे २ बजे ज्येष्ठ सदस्यबाट सुरु गर्ने तयारी

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार साढे २ बजे जेष्ठ मतदाताबाट मतदान सुरु गर्न लागिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १३:४४

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान समय फेरि सरेको छ।

बिहान १० बजे भनिएको समयलाई १ बजे र १ बजेबाट फेरि २ बजेसम्मलाई समय सारिएको थियो। अहिले फेरि साढे २ बजेका लागि मतदान सुरु हुने समय तोकिएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार साढे २ बजे ज्येष्ठ मतदाताबाट मतदान सुरु गर्न लागिएको हो।

निर्वाचन समितिका सदस्य सुजन लोप्चनका अनुसार आवश्यक मतपत्र मतदान स्थलमा आइपुगेको छैन। ‘सबै मतपत्र मतदान स्थलमा आइपुगेको छैन। केही आउन थालेको छ,’ उनले भने, ‘हामी मतपत्र हस्ताक्षर गर्नका लागि तयार भएर बसेका छौं । प्रेसबाट प्राविधिक समस्या भन्दै समयमै मतपत्र आइपुगेको छैन । हामीले २ः३० बाट मतदान प्रकृया भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?