News Summary
Generated by OK AI. Editorially reviewed.- जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको संसदीय सुनुवाइ कार्ययोजना प्रस्तुतिपछि होल्ड गरिएको छ।
- सुनुवाइमा सांसदहरूले थापाको र उनकी श्रीमतीको पीआरबारे प्रश्न गरेपछि उनले जापानको पीआर त्यागिसकेको बताए।
- समितिले थापालाई बाहिर राखेर आन्तरिक छलफल गरेपछि साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेको छ।
२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ ।
सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप प्रक्रिया ‘होल्ड’ गरेको हो ।
कार्ययोजना प्रस्तुतिपछि प्रस्तावित राजदूत थापाको पीआर, उनकी श्रीमतीको पनि पीआर रहेको विषयमा सांसदहरूले प्रश्न गरे ।
जवाफमा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिए । सो क्रममा उनले नेपाल जोड्न जापानमा रहदा काम गरेको बताए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको बताए ।
त्यसपछि सांसदहरू आन्तरिक छलफलमा जुटे । यो विषयमा आएको प्रष्टीकरणबारे निर्क्योलमा पुगेर बाँकी छलफल गर्ने भनेर प्रस्तावित राजदूतलाई बाहिर राखेर सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए ।
अन्तिममा जापानका लागि प्रस्तावित राजदूतको सुनुवाइ होल्ड गरे र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेका छन् ।
प्रतिक्रिया 4