+
+
Shares

परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाई भेट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्क महासचिव मोहम्मद गोलम सरवारले ३० असोजमा परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् ।
  • भेटमा सार्कको महत्त्व र क्षेत्रीय सहकार्य सुदृढ गर्ने विषयमा परराष्ट्र मन्त्रालयमा छलफल भएको थियो ।
  • छलफलमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
  • परराष्ट्रमन्त्री खनालले सरवारको कार्यकालमा सार्कको संस्थागत विकास र सहकार्य प्रवर्द्धनमा योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

३० असोज, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

छलफलमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले महासचिव सरवारले आफ्नो कार्यकालमा सार्कको संस्थागत विकास तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनलाई धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?