News Summary
Generated by OK AI. Editorially reviewed.- सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा भूगर्भ सिमेन्ट उद्योगबाट ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्क प्राप्त गरेको जनाएको छ।
- नगरपालिकाले सोही वर्ष खानी तथा खनिजसम्बन्धी रोयल्टीबापत १ करोड १७ लाख ६५ हजार १६० रुपैयाँ आम्दानी भएको स्पष्ट पारेको छ।
- आम्दानी विवरणबारे सामाजिक सञ्जालमा जिज्ञासा र टिप्पणी आएपछि नगरपालिकाले दुई रकम फरक शीर्षकका हुन् भन्दै विज्ञप्ती जारी गरेको छ।
३० असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी भएको जनाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकमा आम्दानीका रूपमा प्राप्त हुने स्पष्ट पारेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा भूगर्भ सिमेन्ट उद्योगबाट नगरपालिकाले ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्कबापत प्राप्त गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख भएको उक्त रकम सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कका रूपमा प्राप्त वास्तविक आम्दानी भएको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै, सोही आर्थिक वर्षमा खानी तथा खनिजसम्बन्धी रोयल्टीबापत नगरपालिकाले १ करोड १७ लाख ६५ हजार १६० रुपैयाँ प्राप्त गरेको जनाएको छ । नगरपालिकाले यी दुई रकम फरक–फरक आम्दानी शीर्षकअन्तर्गत पर्ने भएकाले एउटै शीर्षकको आम्दानीका रूपमा बुझ्न नहुने स्पष्ट पारेको छ।
सन्धिखर्क नगरपालिकाको आम्दानी विवरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा तथा टिप्पणी हुन थालेपछि नगरपालिकाले एक विज्ञप्ती जारी गरी आधिकारिक स्पष्टीकरण दिएको हो ।
प्रतिक्रिया 4