News Summary
Generated by OK AI. Editorially reviewed.- दसैंको पूर्वसन्ध्यामा ‘आ बाट आमा’, ‘१२ गाउँ’ र ‘छ माया छपक्कै–२’ भाग–२ फिल्म प्रदर्शनमा आएका छन् ।
- दीपा–दीपकले केही समयपछि सामाजिक–पारिवारिक कथामा आधारित हास्य फिल्म ‘छ माया छपक्कै–२’ ल्याएका छन् ।
- फिल्ममा दीपकराज, दीपा, सनिशा भट्टराई र केकी अधिकारी छन्, र यसको अवधि २ घण्टा ३७ मिनेट छ ।
यसपालि रोचक संयोग जुरेको छ । दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएका तीन फिल्म भाग–२ हुन् । जस्तो, ‘आ बाट आमा’ होस् वा ‘१२ गाउँ’ । दुवैको पछाडि –२ अंक झुन्ड्याइएको छ । यस्तै, आजबाट फेरि अर्को फिल्म प्रदर्शनमा आएको छ, ‘छ माया छपक्कै–२’ । यो फिल्मको पुच्छरमा पनि ‘२’ छ ।
यी फिल्मले पहिलेको सफलतालाई दोहोर्याएका हुन् वा कथाले मागेकै कारण भाग दुई निर्माण गरेका हुन् ? यसको जवाफ खोज्न चाहिँ तपाईं हलसम्म जानुपर्ने हुन्छ ।
यी तीन नेपाली फिल्म फरक–फरक जनराका हुन् । एउटामा एक्सनको भरपूर छ, अर्कोले आँसुको खोलो बगाउँछ । अनि तेस्रोले हँसाएरै मार्छ ।
केही समयको विश्रामपछि दीपा–दीपकले ‘छ माया छपक्कै–२’ ल्याएका हुन् । यो फिल्म सामाजिक–पारिवारिक कथा बोकेर आएको छ । त्यसमा दीपा–दीपक भएपछि हास्यरस नहुने कुरै भएन । जे होस्, दसैंको माहौललाई थप रङ्गीन बनाउन यो फिल्मले काम गर्नेछ ।
धर्मभीरु आमा, उनकी आज्ञाकारी छोरो र परिवन्दले आइपरेका दुई बुहारीको कथाले फिल्मलाई रोचक बनाएको छ ।
फिल्ममा दीपकराज र दीपासँगै यसपालि सनिशा भट्टराई भित्रिएकी छिन् । यस्तै, केकी अधिकारी पनि यसमा समावेश छिन् । फिल्म २ घण्टा ३७ मिनेट लामो छ ।
प्रतिक्रिया 4